रुकुम पश्चिममा पहिलो ब्लड बैंक स्थापना
रुकुम पश्चिम | साउन २, २०८०
सांकेतिक तस्वीर
रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो ।
दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण अहिले पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ ।
ब्लड बैंक निर्माणका लागि अहिलेसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख रुपैयाँ र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम त्यही बजेटबाट भएको उहाँको भनाइ छ ।
ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ । अहिले सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानि...
पोखरा: प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले तत्कालीन सरकारबाट आफुलाई ठेस लागेका कारण चुनावमा होमिन बाध्य भएको बताएका छन् । पोखरामा आज (शुक्रबा...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको छ। पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँग आज नेपाल १० विकेटले पराजित भएको छ। पहिलो खेलमा इङ्ल्यान्ड...

